काठमाडौं,१७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको पद तथा गोपनियताको शपथ साँझ ५ बजेसम्मका लागि सरेको छ ।
विहान १०:३० मा हुने भनिएको शपथ ग्रहण समारोह दलहरुबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसक्दा शपथ साँझसम्म सरेको हो ।
मंगलबार मुख्यमन्त्री नियुक्त भएका थापाले आज कांग्रेस माओवादी र नेकपा एसका १-१ जनागरी ३ जनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।