Logo

राजनीतिक समीकरणको उतारचढावले केन्द्रीय समिति बैठक बस्न ढिलाई भयोः प्रचण्ड



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (बुधबार) देखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न पाँच मिनेटको समय उपलब्ध गराइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले बैठकलाई सम्बोधन गर्दै औपचारिक रुपमा उद्घाटन गरेका थिए । अहिलेको बैठक राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा बसिरहेको प्रचण्डले बताए । उनले देशको राजनीतिक समीकरणको उतारचढाब र पार्टीभित्रको आन्तरिक तयारीलाई पूर्णता दिन नसक्दा केन्द्रीय समिति बैठक बस्नमा ढिला भएको बताए ।

‘देशको राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा हामी यो बैठक बस्दैछौं । यो बैठक यो भन्दा अगाडि नै बस्न पथ्र्यो । पक्कै पनि विलम्ब हुन गएको छ । त्यसका पछाडि देशको राजनीतिक समीकरणको उतारचढाबहरु पनि एकहदसम्म जिम्मेवार छन् भने हाम्रो आफ्नै आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण रहेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्