Logo

कमजोरी स्वीकार्दै प्रचण्डले भने: नेकपाको एकता जोगाउन सकेनौं



काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन अवस्थामा नेकपा एमालेसहित बनेको नेकपाको एकता जोगाउन नसकेकोमा पश्चताप गरेका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले निक्कै कोशिस गरेपनि केही कमजोरीका कारण नेकपाको एकता जोगाउन नसकिएको बताए ।

उनले भने,‘ पार्टीले आफ्नो कमीकमजोरीलाई स्वीकार्न डराउँदैन। कमीकमजोरीलाई इमान्दारितासाथ स्वीकार्ने, आत्मालोचना गर्ने र तीनलाई हटाउनको लागि संकल्प गर्दै आइरहेका छन्। हामीबाट केही कमजोरी भएका छन्। हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौँ। विभाजनको पीडाबाट हामी गुज्रिनुपर्‍यो। अहिले फेरि नयाँ एकताको प्रयासमा जाँदैछौं।’



प्रतिक्रिया दिनुहोस्