Logo

गणेशमानजी कांग्रेस हुनुहुन्नथ्योः केपी ओली



काठमाडौं, १७ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गणेशमान सिंह कहिले पनि कांग्रेस नबनेको टिप्पणी गरेका छन् । आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विपीको विचारको विशेष प्रभाव परेर ५० वर्षसम्म कांग्रेसमा रहेपनि गणेशमान कांग्रेस नभएको बताएका हुन् ।

‘गणेशमानजी कांग्रेस हुनुहुन्नथ्यो । त्यस्तो कांग्रेस होईन । तर, उहाँलाई विपी कोइरालाको चाहिँ विशेष प्रभाव परेको थियो । त्यसकारण उहाँ ५० वर्ष कांग्रेसमा रहनु भयो । पहिला पनि कांग्रेस हुनुहुन्नथ्यो । अन्तिममा पनि कांग्रेस छोड्नु भयो,’– उनले भने ।

कांग्रेसको कमजोर आन्म समर्पणवादी सोचका कारण गणेशमानले सधैं विरोध गरेका उनको भनाई छ । कांग्रेसको प्रवृत्ति भन्ने एकथोक गर्ने अर्कोथोक रहेको उनले आरोप लगाए । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot