काठमाडौं, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संघीय पर्यटन ऐन संशोधन हुने बताएका छन् । उक्त ऐन ४५ वर्ष पुरानो रहेको बताउँदै उनले यसमा सापेक्षित परिमार्जनको आवश्यकता औंल्याएका छन् ।
उक्त ऐन संशोधनमा सरोकारवाला पक्ष र सचेत नागरिकहरुले ३० दिनभित्र सुझाव दिनसक्ने मन्त्री किरातीले बताएका छन् । ‘४५ वर्ष पुरानो संङघीय पर्यटन ऐन समय सापेक्षित परिमार्जनको थालनी भएको छ । सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरुको सुझावलाई समेट्ने उद्देश्यले ३० दिनको समय व्यवस्था गरिएको छ,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
उनले इमेलमार्फत आफ्ना सुझाव पठाउन भनेका छन् । सुझाव पठाउने इमेल ठेगाना [email protected] र [email protected] रहेको छ ।