Logo

कोशी प्रदेशमा तीन मन्त्री नियुक्त



काठमाडौं,१७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले आज नेपाली कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका हुन् ।

आज मन्त्री बनेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालय,जवेगुलाई भौतिक पूर्वाधार तथा यातायात र सुनुवारलाई खानेपानी सिँचाई र उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्