Logo

राज्यको कर आतङ्क र बैंकको मिटरब्याजले जनतालाई बाँच्नै नसक्ने अवस्थामा पुर्यायोः विश्लेषक रायमाझी



काठमाडौं, १७ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले तीनै तहका सरकारको कर आतंकले जनताहरु बाँच्ने नसक्ने आवस्थामा पुगेको टिप्पणी गरेका छन् । सरकारको कर आतंक, बैक तथा वित्तिय संस्थाको मिटरव्याज र भ्रष्टाचार व्याप्त हुँदा पनि जनताको गुनासो सुन्ने निकाय कुनै नभएको उनले बताए ।

मिटरव्याज र चर्को कर आतंकका कारण दिनदहाडै उद्योगी व्यापारीहरुले आत्महत्या गर्ने अवस्था आउँदा पनि सरकार गम्भीर हुन नसकेको उनको अरोप छ । सरकारले छानविन समिति गठन गरेर समस्याको समाधान दिई व्यापारी र उद्योगीलाई बाँच्ने वातावरण निर्माण गर्न नसकेको उनको आरोप छ । भ्रष्ट कर्मचारी र विचौलिया दलालहरुले राज्य सत्ता कब्जा गरेर बसेको उनले बताए ।  साथै, निर्धा नागरिकहरुमा प्रहरी प्रशासनको ज्यादति बढिरहेको भन्दै त्यसतर्फ गम्भीर हुन उनले सरकारको ध्यानाकार्षण गराएका छन् ।

‘दिनदहाडै उद्योगीहरुले आत्महत्या गर्दा पनि सरकार छानबिन गर्ने तर्फ लाग्दैन। व्यक्तिगत स्वार्थमा गृह प्रशासनदेखि सरकार अझ आतंक खडा गर्न उद्धत भएको छ। गरिबी र विपन्नता जनता दुई छाक टार्न सक्ने अवस्थामा पुग्दा पनि सरकार मौन देखिन्छ। व्यापारीले आत्महत्या किन गर्दैछन् ? देशव्यापी कर आतंकबाट स्वरोजगार तथा देशमा केही गर्छु भन्नेहरु आफ्नो व्यवसाय बन्द गरेर विदेश पलायन हुनुपर्ने बाध्यता उत्पन्न गराएको छ। सरकारले उनको कुरालाई प्राथमिकता दिने कुनै टुंगो छैन,’– विश्लेषक रायमाझीले भनेका छन् ।

वित्तीय संस्थाबाट भइरहेका मिटरब्याजी धन्दालाई रोक्नुको सट्टा नेपाल राष्ट्र बैंक र सरकार मौन बसेको भन्दै उनले आपत्ति जनाएका छन् । व्यवसायी तथा सर्वसाधारणले आफ्नो पेशा व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न उनले सरकारसँग माग गरेका छन् । देशमा देखिएका यस्ता समस्या समाधानमा सरकार गम्भीर नभएको खण्डमा ठूलो मूल्य चुकाउन पर्ने उनको भनाई छ ।

साथै, देशमा निर्दोषलाई पनि विभिन्न मुद्दामा जेल कोच्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका छन् । जेलमा रहेका निर्दोषहरुका पक्षमा सरकारले अविलम्ब छानविन गरेर निर्णय लिन आवश्यक रहेको उनको भनाई छ ।

साथै, न्यायाधीशहरूको अपारदर्शी आर्थिक स्रोतकोसमेत नागरिक समाजले छानविनको लागि गाउँ, टोल र बस्तीबाट आवाज उठाउने दिन आएको उनको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot