Logo

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ



काठमाडौं,१७ साउन । सरकार गठन भएको ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।

बुधबार नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

दुबै मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका छन ।

त्यस्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको दुई मन्त्रालय पाउनुपर्ने अडानका कारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। २०७९ सालको माघ २७ गते मुख्यमन्त्री शाह नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता भने पाएको थिएन ।



प्रतिक्रिया दिनुहोस्