Logo

‘टिप्पणी उठाउने शाखा अधिकृतलाई थुनाएर तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइयो’



काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ललिता निवासको जग्गा प्रकरणमा राज्य चुकेको बताएका छन् ।

बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले टिप्पणी उठाउने सामान्य कर्मचारीलाई थुनाएर निर्णय गराउने प्रधानमन्त्रीलाई उन्मसक्ति दिइएको भन्दै आपत्ति जनाएका हुन् ।

कोइरालाले भने,‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ रु शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’



प्रतिक्रिया दिनुहोस्