Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी (फोटोफिचर)



काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी केन्द्रीय समितिको बैठक बसेको हो ।

बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरुहरु प्रचण्डको कार्यशैलीमाथि व्यापक असन्तुष्टि व्यक्त गरेका थिए ।

हिजोको बैठकमा गंगा दाहाललाई स्वीय सचिव राखेकोदेखि लिएर आगामी महाधिवेशनबाट पनि अध्यक्ष बन्न चाहने हो भने प्रचण्डले चुनाव लड्न तयार हुनुपर्नेसम्म बहस भएको थियो ।



प्रतिक्रिया दिनुहोस्