Logo

‘नेपालमा नयाँ काण्ड आउनासाथ,३ नेता बसिहाल्छन्’ किन?



काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा एकपछि अर्को काण्ड सार्वजनिक हुनासाथ शीर्ष दलका नेताहरु छलफलमा जुट्ने गरेकोप्रति आपत्ति जनाएका छन् ।

बिहीबार प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्ता घटनामा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् ।

उनले भने ‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन,हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ । यसले के सन्देश दिइरहेको छ ? के भइरहेको छ ? यसले देशलाई कहाँ पुर्‍याउँछ ? त्यसैले हामीले भ्ररष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ’।



प्रतिक्रिया दिनुहोस्