Logo

शेखरको प्रष्टीकरण: देउवासँग मेरो कुरा मिलेको छैन



काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुरा नमिलेको प्रष्टीकरण दिएका छन् । १४औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेको कोइराला पराजित भएपनि पछिल्लो समय संस्थापन निकटसँग निकटता बढाएको आरोप लागेपछि उनले उक्त प्रष्टीकरण दिएका हुन् ।

बिहीबार नेपाली कांग्रेस निकटका पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले आफु र देउवाबीच कुरा मिलेको भनेर मिडियामा समचार आएकोप्रति आपत्तिसमेत जनाएका छन् ।

उनले भने ‘‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन, सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ। सभापतिले बोलाउनुभयो भने जानुपर्‍यो, नबोलाई म आउँदैछु भनेर म जाने गरेको छैन, जान्न पनि!

कोइरालाले सभापति देउवासँग आफु के कुरामा मिलेको हो खुलाइदिनसमेत उनले आग्रह गरेका थिए। ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,।



प्रतिक्रिया दिनुहोस्

Screenshot