Logo

ललिता निवास प्रकरण बीचमै रोकियो, सुन काण्ड पनि साम्सुम हुन्छः शेखर कोइराला



काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने टिप्पणी गरेका छन् । आज (बिहीबार) बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माथिल्लो तहका कोही न कोही नेताको संलग्नता रहेको बताउँदै यसमा निश्पक्ष छानविन हुनै नसक्ने बताएका हुन् ।

‘ललिता निवासपछि सुन काण्ड आयो । यो सबै गजजाहेर छ । यो पनि सामसुम हुन्छ । किनकी माथिल्लो कोही न कोही ईन्भल्व छ,’– उनले भने ।

ललिता निवास प्रकरणमा निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउन टिप्पणी लेख्ने तत्कालीन शाखा अधिकृतलाई पक्राउ गरेर मूल निर्णय कर्तालाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाए ।

‘ललिता निवास जग्गा प्रकणका अगाडि बढ्दै गयो बीचमै रोकियो । किन रोकिन्छ भने माथि कोही न कोही मान्छे परिराखेको छ । शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ, मन्त्रिपरिषद्मा लग्नुपर्यो भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएको हुन्छ, अहिले भर्खर रिहा हुनु भएको छ । जसले निर्णय गर्छ तिनीहरुलाई छुँदैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्