काठमाडौं,१८ साउन । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आजको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको १ सय किलो सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविनको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।
उक्त सुन बरामद प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै सदन अवरोध गरिरहेको छ ।
एमालेले अवरोधकै कारण प्रतिनिधिसभाको बैठक २२ गतेसम्म स्थगित भएको छ ।