काठमाडौं,१८ साउन । स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा दाङको घोराही उपमहानगरपालिकाको मेयर उपमेयरसहित बहुमत वडा अध्यक्ष नेकपा एमालेले जितेको छ ।
उपमहानगरमा मेयर नरुलाल चौधरी,उपमेयर हुमा डिसीसहित धेरै वडामा एमाले उम्मेदवार निर्वाचित भएपनि मेयर चौधरी र वडा अध्यक्षबीच कुरा मिल्न नसक्दा पटक-पटक विवाद हुने गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि विवाद बढ्द जाँदा असार १२ गते वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिए । एमालेबाटै वडाध्यक्षमा निर्वाचित भएका शाहले एकाएक राजीनामा दिएपछि दाङ एमालेमा हलचलनै मच्चियो । पदबाट राजीनामा दिएका वडाध्यक्षले आफ्नै पार्टीबाट निर्वाचित मेयर हुँदासमेत आफ्नो वडालाई प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै असन्तुष्ट बनेका थिए ।
पदबाट राजीनामा दिएका उनै शाह एक महिनापछि पुनः काममा फर्किएका छन् ।आफु पुनः वडाको काममा फर्किएको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका छन् । शाह तीनै वडाध्यक्ष हुन जसले अघिल्लो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पनि राजीनामा दिएको घोषणा गरेका थिए । तर पार्टीले
सम्झाइबुझाई गरेपछि काममा फर्किन राजी भएका थिए ।