Logo

मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको परिपत्र



काठमाडौं,१८ साउन । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित राखिएका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्रमा हटाृन सूचना जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै काठमाडौं महानगरभित्रमा डिजिटल विज्ञापन बोर्डमा समावेश हुन चाहनेहरुले ३५ दिनभित्रमा महानगर कार्यालयमा आएर तोकिएको ढाँचामा निवेदन दिनसमेत आग्रह गरेको छ ।

महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा,जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न सूचना प्रकाशित भएको ३५ दिनभित्र कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नु सूचना जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्