Logo

लघुवित्त पीडितहरु आज पनि प्रदर्शनमा, माग पूरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी



काठमाडौं, १८ साउन । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
आज (बिहीबार) पनि उनीहरु माईतीघर मण्डलामा प्रदर्शनरत छन् ।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी र मालिकलाई कारबाही गर्नुपर्ने   उनीको माग रहेको छ ।

माग पुरा गर्नेतर्फ सरकार गम्भीर नभए सिंहदरबार र बालुवाटार घेर्ने लघुवित्त पीडितहरुले बताए । सरकारले पीडकहरुलाई नै संरक्षण गरिरहे सामूहिक आत्महत्या गर्नेसमेत उनीहरुले चेतावनी दिएका छन् । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot