Logo

तामाङ र मगर समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै अधिवक्ता पाण्डेविरुद्ध खनिए राजेन्द्र महतो



काठमाडौं, १८ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुग्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायको विबाह परम्पराकाबारेमा विवादास्पद अभिव्यक्ति दिएकी थिईन् । उनको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएर अधिवक्ता पाण्डे पक्राउ परेपनि अदालतले म्याद थपको अनुमति नदिएपछि उनी छुटेकी छन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका तामाङ समुदायका ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र सयौ जना उपर निर्घात कुटपिट गरि आदिवाशी जनजाती प्रति वर्बरता प्रदर्शित गरेको उनको आरोप छ ।

अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिलाई उनले जंगली, अपराधिक एव कारबाहीको योग्य रहेको टिप्पणी गरेका छन् । तामाङ्ग र मगर समुदायका प्रदर्शनकारीहरु उपर प्रहरीले गरेको दमन भत्र्सना योग्य रहेको उनले बताएका छन् ।

‘अभिव्यक्तिले सिङ्गो मगर, तामाङ लगायतका समुदायलाई आनुवांशिक रूपमा नै अपराधीकरण प्रवृत्तिको भन्नु सामान्य कुरा होइन । यो समाजमा परापूर्वकालदेखि हुर्कदै गरेको आदिवासी प्रतिको क्षुद्र मनोविज्ञान मधेशी एवं आदिवासी जनजाती उपर रहेको दमन अन्याय अत्याचार र आन्तरिक औपनिवेशीकरणको नमूना प्रतिनिधिमुलक मनोवृति हो,’– उनले विज्ञप्तिमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot