Logo

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्‍को बैठक बस्दै



काठमाडौं, १८ श्रावण । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्‍को बैठक बस्ने भएको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा साँझ ५ बजे बैठक बस्ने भएको हो।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाशमा जाने भएको हुँदा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बैठक बस्न लागेको हो।



प्रतिक्रिया दिनुहोस्