काठमाडौं,१८ साउन । सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्न माग गर्दै काठमाडौंमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच झडप भएको छ ।
बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् ।
बिहीबार दिउँसो बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरी आमनेसामने भएका हुन् । सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो। झडपमा केही बचतकर्ताहरु घाईते भएका छन् ।
तस्बिर -मुकुन्द कालिकोटे: रिर्पोटस नेपाल