काठमाडौं, १८ श्रावण । आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ।
बिहीबार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारी पीडित र सरकारी पक्षबीच सहमति भएको हो।
सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजैदेखि आन्दोलन स्थगित् गर्ने सहमति गरेका छन्।