Logo

‘ललिता निवासको जग्गाको राजनीतिक व्यवस्थापन विष्णु पौडेलले गरे, बलीको बोको मीनबहादुरलाई बनाइयो’



काठमाडौं, १८ साउन । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले ललिता निवास जग्गा प्रकरणमा मिनबहादुर गुरुङलाई बलीको बोको बनाइएको टिप्पणी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त जग्गाको राजनीतिक व्यवस्थापन एमाले नेता विष्णु पौडेलले गरेको दाबी गरे । उक्त प्रकरणको सारा कागज लेखेको पारिश्रमिकबापत कुमार रेग्मीले जग्गा उपहार पाएको उनले बताए ।

‘बालुवाटारको सारा प्रपञ्चको कागज लेख्नुभएको कुमार रेग्मीले नै हो । उहाँले नै लेख्नु भएको थियो त्यो कागज । उहाँले त्यहाँको जग्गा पारिश्रमिक बापत पाएको भन्नु भएको छ । त्यसपछि त्यसको राजनीतिक व्यवस्थापन गरेको विष्णु पौडेलले हो । सारा ठूला–ठूला बैंकहरुको चियर म्यानहरुले त्यहाँको जग्गा किनेको रहेछ । तर, बलिको बोको त मिनबहादुरमात्रै भो,’– उनले भने ।

व्यापारिक समूहको उत्पादनलाई मिनबहादुरले बजार व्यवस्थापन गरेपछि उनका प्रतिस्पर्धीहरुले मिनबहादुरलाई सिध्याउन यो प्रपञ्च रचेको डा. केसीको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्