Logo

गौर हत्याकाण्डका पीडितहरूलाई न्याय दिन ध्यानाकर्षण



काठमाडौं, १८ श्रावण । गौर हत्याकाण्डका पीडित परिवारहरूलाई न्याय दिन ध्यानाकर्षण गराईएको छ।

जनकपुर अगुवा नागरिक समाजले बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई गौर हत्याकाण्डका पीडित परिवारहरूलाई न्याय दिन गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका छन्।

‘न्याय प्राप्तिका लागि संघर्षरत पीडित परिवार तथा आम न्यायप्रेमी जनसमुदायको आन्दोलनप्रति समर्थन एवं ऐक्यबद्धता प्रकट गर्दै यस विषयमा नेपाल प्रहरीले अडकायर राखेको न्यायिक प्रक्रिया तुरन्त अगाडि बढाई पीडितहरुलाई पूर्ण न्यायको प्रत्याभूति दिलाउन नेपाल सरकारसहित सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ,’ ज्ञापनपत्रमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस्