काठमाडौं, १९ साउन । सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बा रिहा भएकी छन् । उनलाई जिम्मा जमानीमा रिहा गरिएको हो ।
सुब्बा क्यान्सर रोगी भएकाले बोलाएको बेलामा उपस्थित हुने शर्तमा उनलाई रिहा गरिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक सय किलो सुन राजश्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिँदा भन्सार एजेण्ट सुब्बा पनि पक्राउ परेकी थिईन् । File Photo/RN