काठमाडौं,१९ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक सुरु भएको हो ।
जारी सचिवालय बैठकका मुख्य एजेण्डा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीतिमा केन्द्रित हुने पार्टीले जनाएको छ ।
नेकपा एसको स्थायी कमिटीको बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा डाकिएको छ । पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ ।