Logo

गृहमन्त्री श्रेष्ठले राम्रो काम गर्नुभएको छ, तर उहाँले राज्यबाट लिएको उपचार खर्च फिर्ता गर्नुपर्छः स्वागत नेपाल



काठमाडौं, १९ साउन । अधिवक्ता एवं कानुनविद् स्वागत नेपालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको काम कारबाहीलाई प्रशंसा गर्नुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री श्रेष्ठले अर्बौंको कमिसन खानेगरी अघिल्ला गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचय पत्रको सम्झौता रद्ध र कर्मचारीहरुले सुराकीको नाममा खानेगरेको कमिसनमा रोक लगाएर प्रशंसायोग्य काम गरेको बताएका हुन् ।

‘अहिलेसम्म गर्नु भएकोमा प्रशंसा नै गर्नुपर्छ । अघिल्लो गृहमन्त्रीले अर्बौंको कमिसन खानेगरी राष्ट्रिय परिचय पत्र विदेशीलाई, सार्वजनिक खरिद ऐन हुँदाहुँदै निर्णयका आधारमा उहाँले दिनुभयो, त्यसलाई उल्ट्याइदिनु भयो त । गृहमन्त्रीले हरेक दिन त्यहाँ सचिव, उपसचिवले लिने रकम रोकिदिनु्ु भयो । राम्रो काम गरेकोलाई राम्रै भनौं,’– अधिवक्ता नेपालले भने ।

तर, गृहमन्त्री श्रेष्ठले राज्य कोषबाट स्वास्थ्योपचारका लागि ३१ लाख रुपैयाँ लिएको उनको दाबी छ । स्वास्थ्योपचारका लागि लिएको उक्त रकम गृहमन्त्री श्रेष्ठले फिर्ता गर्नुपर्ने उनको भनाई छ । जनताले तिरेको कर लुटेर खान नपाईने उनले बताए ।

‘उहाँले ३१ लाख रुपैयाँ आफ्नो नीजि स्वास्थ्योपचार खर्च राज्य कोषबाट लिनुभयो । हामीले कर तिरेको, त्यो फिर्ता गर्नुपर्छ । त्यो गलत हो, त्यो लुट हो, राज्यको कोषबाट । उहाँले अहिलेसम्म गरेको काम राम्रो । उहाँले राज्यबाट लुटेको स्वास्थ्योपचार खर्च फिर्ता गर्नुपर्छ,’– उनले भने । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्