काठमाडौं,१९ साउन । क्रिकेटर ज्ञानेन्द्र मल्लले आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका मल्लले एसीसी इमर्जिङ कप टिम्स एसिया खेलेर नेपाली टिम स्वदेश फर्किएकै भोलिपल्ट‘व्यक्तिगत विषयमा कुराकानी गर्न’भन्दै इमेलबाट पत्रकारहरूलाई डाकेका हुन् ।
नेपालले हालै श्रीलंकामा इमर्जिङ नेसन्स कप खेल्दा ज्ञानेन्द्र टीममा परेका थिएनन् । उनीसहित केही सिनियर खेलाडीलाई रेस्ट दिइएको थियो ।
मल्ल निकट स्रोतका अनुसार उनले ‘सन्न्यास लिने मनस्थिति बनाइरहेको’ सूचना केही दिनदेखि नेपाल क्रिकेट संघ (क्यान) को उच्च नेतृत्वसम्म पुगेको छ । यद्यपि, ज्ञानेन्द्र स्वयम्ले भने क्यानलाई औपचारिक वा अनौपचारिकरूपमा केही बताएका छैनन् ।