Logo

केन्द्रीय समितिमा प्रचण्डलाई प्रश्नः ‘सांसद, प्रधानमन्त्री र पार्टी अध्यक्ष कति पटक बन्ने ? किटान हुनुपर्यो’



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी रहेको छ । गत साउन १७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक आगामी २१ गतेसम्म चल्ने छ । हिजो (बिहीबार) को केन्द्रीय समिति बैठकमा सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टीको जिम्मेवारीमा कति पटक बस्ने भन्ने किटान विधान सम्मेलनले गर्नुपर्ने बताएका छन् ।

पार्टीका सबै कमिटीलाई निर्वाचनको प्रक्रियामा लिएर जानुपर्ने केन्द्रीय सदस्यहरुको माग रहेको छ । मनोनयन प्रक्रियाले सही नेतृत्व चयन गर्न नसकेको उनीहरुको भनाई छ । केन्द्रीय सदस्य लेखनाथ दाहालले विधान सम्मेलनमा सांसददेखि पार्टी अध्यक्षसम्म कतिपटक बन्ने भन्ने किटान हुनुपर्ने र पार्टीका सबै कमिटीलाई निर्वाचनको प्रक्रियामा लैजान पर्ने आवाज उठेको बताए ।

‘सांसद कतिचोटी हुने हो, मन्त्री कतिचोटी हुने हो, प्रधानमन्त्री कतिचोटी हुने हो ? या पार्टीको जिम्मेवारीमा कति पटक रहने हो भन्ने विषय वस्तु किटानी गर्नुपर्छ अबको विधान सम्मेलनमा ।’ उनले भने, ‘ त्यसपछि सबै कमिटीहरुलाई निर्वाचनको प्रक्रियाबाट लिएर जानुपर्छ र यो मनोनयनको प्रक्रियाले न हामीले ठिक मान्छे छान्न सक्यो ? न ठिक्क आकारको हामीले कमिटी बनाउन सक्यो । यी दुईवटा विषय वस्तु गम्भीरतापूर्वक छलफलमा प्रवेश भएको छ केन्द्रीय समितिमा ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यका विचारहरुलाई गम्भीरतापूर्वक लिएको र प्रचण्डले केन्द्रीय सदस्यलाई ढाट्न नसक्ने उनले विश्वास व्यक्त गरे ।

‘पार्टीका सहयोद्धाहरुलाई ढाँडेर प्रचण्ड कहाँ पुग्न सक्नुहुन्छ र ? त्यो सम्भावना छैन । त्यसकारण उहाँले ढाँट्नुहुन्न । हामी सशक्त रुपमा आवाज उठाइराखेका छौं । सबै कमिटीहरु दुई अंक (बढीमा ९९) मा झार्नुपर्छ । जाल भयो, कामकाजी भएन, कमिटी ठूलो हुँदा छलफल जीवन्त भएन । समस्याहरुको छिचोलेर छलफल भएन, आलोचना, आत्मालोचना भएन । जसको कारणले हामी मनोगतवादी भयौं,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot