Logo

निर्माण व्यवसायीहरु आज पनि धर्नामा, देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी



काठमाडौं, १९ साउन । निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । आज (शुक्रबार) पनि उनीहरु निर्माण उपकरणसहित भेला भएर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई दववा दिएका हुन् ।

सरकारले बजेट दिन नसक्ने आयोजनाहरु खारेज गरिनुपर्ने उनीहरुको माग रहेको छ । आन्दोलनमा नेपाली कांग्रेसका सांसदसमेत रहेका निर्माण व्यवसायी पूर्णबहादुर तामाङसमेत सहभागी थिए ।File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्