Logo

सरकारलाई दिएको समर्थन कायमै राख्ने जनमतको निर्णय



काठमाडौं,१९ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले संघ र प्रदेश दुबै तिर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको पार्टी प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।

बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने निर्णय गरेको छ।

सरकारलाई समर्थन गरिरहेको जनमत पार्टी सरकारमा भने सामेल छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सुरु देखिनै समर्थन गरेको जनमतले सुरुवातमा उपाध्यक्ष अब्दुल खानलाई सरकारमा पठाएको थियो । प्रचण्ड नेतृत्वको सरकारमा खानेपानि मन्त्रालयको जिम्मेवारी पाएका खानले पछि मन्त्रालयमा चित्त नबुझेपछि राजीनामा दिएका थिए ।

पछिल्लो समय जनमत पार्टी सरकारमा जान इच्छुक देखिइको छ । पार्टी अध्यक्ष राउनले पटक पटक यसबारेमा प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल गरिसकेका छन् भने जनमतले केन्द्रीय सचिव तथा समानुपातिक सांसद अनिता देवीलाई मन्त्रीमा पठाउने निर्णयसमेत गरेको थियो । तर मन्त्रालय हेरफेरमा कुरा नमिलेपछि मन्त्रिपरिषद् पुनःगठन हुन सकेको छैन । प्रतिनिधि सभामा जनमतका ६ सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्