Logo

सुन तस्करी प्रकरणः छानविनको जिम्मा सिआईबीलाई दिने तयारी



काठमाडौं, १९ साउन । सरकारले सुन तस्करी प्रकरणमा छानविनको जिम्मा सिआईबीलाई दिने तयारी गरेको छ । हिजो (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यबीच भएको छलफलले उक्त प्रकरणको छानविन सिआईबीले गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अहिले उक्त प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले गरिरहेको छ । अहिलेसम्म राजश्व अनुसन्धानले गरेको अनुसन्धानको फाईलहरु सिआईबीमा बुझाएर सोही अनुुसन्धानलाई आधार मान्दै छानविन प्रक्रिया अगाडि बढाउने सहमति बनेको स्रोतले बताएको छ ।

हङ्कङ् हुँदै आएको एक सय किलोभन्दा बढी सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको थियो । उक्त सुन बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बे्रक शु को ल्याइएको उक्त सुनको तौल (ब्रेक शुसहित) एक सय ५५ किलोभन्दा बढी रहेको पाइएको थियो ।

सिआईबी प्रहरी प्रवक्ता एवं सूचना अधिकारी सञ्जय सिंह थापाले भने यसबारेमा आधिकारिक निर्णय आफूहरुलाई प्राप्त नभइसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्