Logo

आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री प्रसारण गरिएको भन्दै विद्वानको आपत्ति



काठमाडौं, १९ साउन । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आरजु राणाको सामाजिक प्रतिष्ठा, ईज्जत र मानमर्यादामा आँच आउने गरी सामाजिक सञ्चालमा विभिन्न सामग्रीहरु प्रसारण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

राजनीतिक पूर्वाग्रह राखी उनीविरुद्ध विभिन्न सामाग्रीहरु प्रसारित गरिएको उनको दाबी छ । आरजुको सामाजिक प्रतिष्ठा, ईज्जत र मानमर्यादामा आँच आउने गरी सामाजिक सञ्चालमा विभिन्न सामाग्री प्रसारण गर्नेलाई तीन दिनभित्र कानुनी कारबाहीमा ल्याउन उनले सरकारसमक्ष माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्