काठमाडौं,१९ साउन । नेपालको कानूनले जातीय विभेदलाई अपराधको रुपमा उल्लेख गरेको छ । जातीय विभेदलाई राज्यले अपराध मानेपनि नियमन गर्ने निकाय कमजोर बन्दा पूर्णरुपमा विभेदको अन्तय हुन सकको छैन ।
पछिल्लो समय देशका बझाङ,कैलाली र जुम्लालगायतका जिल्लामा जातीय विभेदका घटना भइरहेका छन् । केहीदिन पहिले मात्रै बझाङमा सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै दलितको घर भत्काइएको थियो भने जुम्लामा माथिल्लो जातकी केटी भगाएको भन्दै दलितको घर जलाइएको थियो ।
देशैभरी जातीय विभेदका घटना बढ्दै गएपछि सरोकारवाला संघ संस्थालो आज काठमाडौंमा खबरदारीसभा आयोजना गरेका छन् । नेपाल बैद्ध अम्बेडगर महासभा दलित आत्मरक्षा अभियान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल दलित मुक्ति अभियान र मंगोल नेशनल अर्गानाइजेशनलगायतका संघ संगठनले काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना गरेका हुन् ।
तस्बिर-मुकुन्द कालिकोटे: रिर्पोटस नेपाल