काठमाडौं,१९ साउन । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद फुकुवा भएको छ । भारतको सर्वोच्च अदालतले उनलाई सांसद पदबाट निलम्बन गर्ने निर्णय खारेज गरेपछि उनी पुनः संसद्मा पुनवहाली भएका हुन् ।
शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सर्वोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।
सन् २०१९मा ‘मोदी सरनेम’को बयानलाई लिएर सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलाको २४ घण्टापछि लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो ।