काठमाडौं, २० श्रावण । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेका छन्।
शनिबार परराष्ट्रमन्त्री साउदले मुख्यमन्त्री धामीलाई फोन गर्दै रूद्रप्रयागमा गएको पहिरोपरेका बेपत्ता नेपालीहरूको तत्काल खोजी र उद्धार कार्यका लागि आग्रह गरेका हुन्।
रूद्रप्रयागमा गएको पहिरोमा १९ जना बेपत्ता भएको र त्यसमा अधिकांश नेपाली भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरिरहेका छन्।
मुख्यमन्त्री धामीले पनि खोजी कार्यका लागि आफूले सम्बन्धित निकाय खटाइसकेको बताएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।