Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ, तीन वर्ष जेल र एक लाख रूपैयाँ सजाय



काठमाडौं, २० श्रावण । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टी(पीटीआई)का प्रमुख इमरान खान पक्राउ परेका छन्।

शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित उनको घरबाट पक्राउ गरेको हो।

तोशाखाना मुद्दामा उनलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँको जरिवाना त्यहाँको जिल्ला अदालतले सुनाएको छ।

खान पक्राउ परेको उनको आफ्नै पार्टीले पनि पुष्टी गरेको छ। पीटीआईले एक ट्वीटमा पूर्व प्रधानमन्त्री इमरान खानलाई कोट लखपत जेलमा लगिएको जानकारी दिएको छ। तर, यो मुद्दाको सुनुवाइका क्रममा इमरान खान र उनका वकिल अदालतमा उपस्थित थिएनन् भन्ने कुरा ध्यान दिनुपर्ने ट्विट्‍मा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot