Logo

नाउपा छाडेका सुरेन्द्रलाई रेशमको काउन्टर ‘मट्याङ्ग्राको गोलीले हात्ति मर्दैन’



काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताप्रति कडा टिप्पणी गरेका छन् । उनीहरु गत स्थानीय निर्वाचनमा पार्टीलाई हराउन काठमाडौंबाट पैसा लिएर कैलाली पुगेको रेशमको आरोप छ ।

‘साथीहरुको कर्तुतले रेशम चौधरीमाथि मट्याङ्ग्राको गोली लागेको जस्तो हुन्छ । मट्याङ्ग्राको गोलीले हात्ति मर्दैन साथी हो । तिम्रा मट्याङ्ग्राले मेरो केही हुनेवाला छैन । मेरोमात्रै होईन, यो नागरिक उन्मुक्ति पार्टी जनताको हो,’– भर्खरै नाउपा परित्याग गरेका नेता सुरेन्द्र चौधरीलाई लक्षित गर्दै उनले भने ।

सिंगो सरकारसँग ९÷९ वर्ष जुधेर नागरिक उन्मुक्ति पार्टीको जन्म गराएको उनले बताए । उनले पार्टी परित्याग गरेर नाउपाको विरुद्ध बोलिरहेका हरुलाई चुनौति दिएका छन् । आफू राज्य सत्ता र गोलीसँग नडराएको भन्दै उनले उनीहरुसँग पनि नडराउने बताए ।

‘कुकुरले भुकेपछि टोक्न सक्नुपर्छ । अन्यथा भुक्ने कुकुरको कुनै महत्व हुँदैन । साथी हो रेशम चौधरी क्रान्तिकारी नेता हो । क्रान्तिकारी बाटोमा हिँडेको मान्छे कसैसँग डराउँदैन । कसैसँग तर्सिँदैन । न म गोलीसँग डराएँ, न म सत्तासिन सरकारसँग डराएँ,’– रेशमले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot