Logo

सिन्धुपाल्चोकमा रित्तियो नेकपा (एस), जिल्ला इन्चार्ज कर्मचार्यसहित १३७ जना एमालेमा प्रवेश



काठमाडौं, २० साउन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सय ३७ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन् ।

आज (शनिबार) चौतारामा आयोजित कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल लगायतले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा (एस) का केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ पनि एमालेमै फर्किएका छन् भने नेकपा (एस) का प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल पनि एमालेमै फर्किएका छन् ।

प्रदेश कमिटिका उपसचिव रविकुमार भण्डारी पनि नेकपा (एस) परित्याग गरी एमालेमै फर्किए । पछिल्लो समय नेकपा (एस) परित्या गरी एमालेमै फर्किनेको होड चलिरहेको छ । देशैभरबाट पुरानै पार्टी (एमाले) मा फर्किरहेकाहरुले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताउँदै आएका छन् ।

पछिल्लो समय नेकपा (एस) की सचिव रामकुमारी झाँक्रीले पनि एमालेमै फर्किन लविङ गरिरहेको बुझिएको छ । उनी निटक स्रोतका अनुसार अहिले पार्टी अध्यक्ष माधव नेपाल र सचिव झाँक्रीबीच बोलचाल नै बन्द छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot