काठमाडौं, २० श्रावण । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले आफू प्रजातन्त्रीवादी भएको हुँदा मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने कानून नबन्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले यस्तो बताएका हुन्।
उनले केही नेताहरूसँगको छलफलमा मिडिया क्षेत्रको नभइ सोसल मिडियालाई नियमन गर्ने कुरा उठेको बताउँदै भने, ‘केही नेताहरू बस्दाखेरी मिडिया क्षेत्रको बारेमा नभएर सोसल मिडियालाई नियमन गर्ने कुरा उठेकै हो।’
यस्तै, उनले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका लागि मिडिया क्षेत्रको ठूलो भूमिका रहेको बताए।