Logo

जस्तोसुकै कठिन परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान रोकिनुहुन्नः वर्षमान पुन



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान बीचमै छाड्न नहुने बताएका छन् ।

आज (शनीबार) केन्द्रीय समिति बैठका आफ्नो धारणा राख्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनतामा आशाको किरण ल्याएको भन्दै यसलाई निरन्तरताको आवश्यकता रहेको बताएका हुन् । सुन तस्करी प्रकरण र अन्य भ्रष्टाचारमा माओवादीभित्रैका केही भ्रष्टहरु संलग्न रहेको खण्डमा पनि उन्मुक्ति दिन नहुने उनको भनाई थियो ।

‘अध्यक्ष कमरेड तपाईँको भ्रष्टाचार विरोधी अभियानमा हाम्रो दह्रो साथ र सहयोग छ । कुनै पनि अवस्थामा यो अभियान रोकिनु हुँदैन । छानविन निष्कर्षमा पुग्न आवश्यक छ,’– पुनले भने ।

यो अभियानले कसैको बलिदानी मागेको खण्डमा त्यसका लागि माओवादी तयार हुनुपर्ने उनको भनाई छ । सरकारले थालेको भ्रष्टाचार विरोधी अभियान पार्टी पुनः निर्माणका लागि सुनौलो अवसर भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्