Logo

प्रचण्डको विकल्प कसैले खोजेको छैनः वर्षमान पुन



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी पंतिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प कसैले पनि नखोजेको प्रष्ट पारेका छन् ।

आज (शनीबार) केन्द्रीय समिति बैठका आफ्नो धारणा राख्ने क्रममा उनले अध्यक्ष प्रचण्डले चालेका अभियानमा आफू पूर्ण सहयोग गनै तयार रहेको बताए ।

‘कसैले पनि अध्यक्ष प्रचण्डको विकल्प खोजेको छैन । म अधयक्षलाई पूर्ण रुपले समर्थन गरेर जान तयार छु,’– उनले भने ।

साथै, पार्टीमा उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जानुपर्ने आवश्कता उनले औंल्याए । पार्टीमा रहेका विद्यामान समस्या विचारको नभएर विधिको भएको उनले टिप्पणी गरे ।

 



प्रतिक्रिया दिनुहोस्