
काठमाडौं, २१ साउन । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धेरै कुरा अप्रमाणित र असत्य बोल्ने गरेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमालसँग संवाद गर्दै ओलीले गलत सूचनाको आधारमा बोलिरहेको टिप्पणी गरेका हुन् ।
‘एकदमै अप्रमाणित, कसले दिन्छ सूचना थाहा छैन । यति गलत सूचनाको आधारमा बोल्नुहुन्छ कि हामीलाई अविद्धान हो भन्नुहुन्छ । अपुष्ट सूचनाको आधारमा त्यो लेभलको मान्छेले बोल्दा हामीले विरोध गर्नुपर्यो । बढी बोल्ने, ७०/८० प्रतिशत कुरा उहाँको फ्याक्ट हुँदैन,’– उनले भने ।
ओली, शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काम गर्न नसकेको कारण आलोचना भइरहेको उनले बताए ।