काठमाडौं,२१ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए ।
साथै पदाधिकारी बैठकमा संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।
माओवादी केन्द्रको १७ साउनदेखि जारी केन्द्रीय समितिको बैठक आज सकिँदैछ ।