काठमाडौं,२१ साउन । राष्ट्रिय सभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले जिल्लाशिक्षा कार्यालय राख्ने गरि आउन लागेको शिक्षा ऐन पास हुन नदिने चेतावनी दिएका छन् ।
शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेको उल्लेख गर्दै उनले यसलाई संघीयता विरोधी भन्दै विरोध जनाएका छन् ।
उनले लेखेका छन् ‘शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला । संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन’।
सांसद देवकोटाले स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने खालका कुनै पनि संरचनाहरू जिल्लामा राख्न नपाइने पनि बताएका छन् ।