Logo

झलनाथको स्विकारोक्ति: ‘नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु भयो’



काठमाडौं,२१ साउन । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटि बैठक आजपनि बस्दैछ ।

बैठक शनिबारदेखि जारी रहेको छ । जारी स्थायी कमिटिका बैठकले आगामी केन्द्रीय कमिटि बैठकका एजेण्डा तय गर्नुका साथै पार्टीलाई नयाँ ढंगबाट कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

जारी बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो १६ पेज लामो दस्ताबेज पेस गरेका छन् । दस्ताबेजमा खनालले पार्टी नेतृत्वको कार्यशैलीदेखि कार्यकर्ता पलायनसमेतलाई उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले दस्ताबेजमा नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएको उल्लेख गरेका छन् । खनालले पार्टी लगाताररुपमा दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्दा नेता कार्यकर्ता दिनप्रतिदनि एमालेमा फर्किरहेको बताएका छन् ।

‘आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो । नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी रसाख नराम्ररी गिराई दियो । कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो’ । खनालले भनेका छन् ।

दुई वर्षअघि नेकपा एमालेबाट फुटेर नेकपा एस गठन गरेका माधवकुमार नेपाललाई पछिल्लो समय कार्यकर्तादेखि नेताहरुसमेतले एक्ल्याउँदै गएका छन् । पार्टी विभाजनको बेलामा दरिलो साथ दिएका नेता कार्यकर्ताहरु नै पछिल्लो समय अध्यक्ष नेपालको कार्यशैलीप्रति तिब्र असन्तुष्ट रहेका छन् ।

धेरै नेता कार्यकर्ताले साथ छोड्दै गएका छन् भने कतिपय अझैपनि पार्टी नेतृत्व सुध्रिनेमा आशावादी बनेर पर्खिरहेका छन् । पार्टीमा पछिल्लो समय अुन्तुष्ट रहने शीर्ष नेताको सूचीमा सम्मानित नेता झलनाथ खनालदेखि सचिव रामकुमारी झाँक्रीसमेत छन् ।



प्रतिक्रिया दिनुहोस्