Logo

उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुख घिमिरेको आग्रह



काठमाडौं,२१ साउन । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा घिमिरेले भनेका छन् ‘भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । यस दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’ ।

भारतको उत्तराखण्ड प्रदेशको गौरीकुण्डमा गत शुक्रबार पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस्