Logo

‘बस सेवा’ १० औं वर्षमा प्रवेश, घरमै बसेर सबै रुटको टिकट लिन सकिने



काठमाडौं, २१ साउन । ‘बस सेवा’ आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । अनलाईन टिकटिङ सेवा दिनका लागि २०७१ साल साउन २१ गतेबाट सुृरु भएको ‘बस सेवा’ मा अहिले तीन सयभन्दा बढी कम्पनीहरु समावेश छन् । ‘बस सेवा’ ले १० वटा कम्पनीको मात्रै टिकट विक्रीबाट सेवा सुरु गरेको थियो ।

अहिले सरदर तीन हजार यात्रुहरुले ‘बस सेवा’ मार्फत सेवा लिइरहेका छन् । आगामी पाँच वर्षभित्र दैनिक २० हजार टिकट अनलाईनबाटै विक्री गर्ने लक्ष्य ‘बस सेवा’ को रहेको छ । प्रविधिको विकाससँगै सुरु भएको अनलाईन टिकेटिङले यात्रुलाई काउन्टरमै पुगेर टिकट काट्नुपर्ने झण्झटको अन्त्य गरेको छ ।

बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल आफूहरुले प्रदान गरेको सेवाले यात्रुहरुको समयको बचत भएको र यात्रुले रोजेकै टिकट छानीछानी लिन पाउने बताउँछन् । काउन्टरमा गएर रोजेको टिकट पाइने अवस्था नभएपनि अनलाईनमार्फत टिकट बुकिङ गर्दा उपयुक्त सिट र समयको बचत हुने उनको भनाई छ ।

काठमाडौंबाट छुट्ने सबैजसो रुटमा बस सेवामार्फत टिकट काट्न सकिन्छ । मोबाईल एप ‘बस सेवा’ डाउनलोड गरेर टिकट बुकिङ गर्न सकिने छ । अनलाइन टिकट लिँदा भुक्तानीका लागि सबै वाणिज्य बैंकको एप, इसेवा वालेट र बससेवाको वेबसाइट प्रयोग गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot