Logo

उपमहासचिवद्वय शर्मा र पुनलाई प्रदेश इन्चार्जको जिम्मेवारी



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी रहेको केन्द्रीय समिति बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई नयाँ जिम्मेवारीको प्रस्ताव गरेका थिए ।

प्रस्तावित जिम्मेवारी अनुसार उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ । पुनले विशेष प्रदेश इन्चार्ज र शर्माले बागमती प्रदेश ईन्चार्जको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रभित्रै उपमहासचिवद्वय शर्मा र पुनलाई प्रभावशाली नेताको रुपमा हेरिन्छ । उपमहासचिवद्वय शर्मा र पुनलाई प्रचण्डको उत्तराधिकारीको रुपमा समेत व्याख्या गर्ने गरिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot