Logo

झलनाथलक्षित सुदेशको टिप्पणी: पहिले जबजलाई दक्षप्रजापतिको टाउको देख्नेले पार्टीलाई अहिले रावणको टाउको देखे



काठमाडौं,२१ साउन । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । शनिबारदेखि जारी बैठकले आगामी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

जारी बैठकमा सम्मानित नेता झलनाथ खनालले भने पार्टीमा १६ पेज लामो फरक मत दर्ज गराएका छन् । खनालले आज आफ्नो १६ पेज लामो दस्ताबेज पार्टी बैठकमा पेस गरेका हुन् । खनालले प्रस्तुत गरेको दस्ताबेजमा पार्टी नेतृत्वप्रति तिब्र आलोचना गर्दै आक्रोससमेत पोखेका छन् ।

खनालले पेस गरेको दस्ताबेज सार्वजनिक भएपछि उनीप्रति कार्यकर्ताको आक्रोश सुरु भएको छ । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुरेश पराजुलीले उनलाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन् ।

खनालको दस्ताबेज सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमार्फत पराजुलीले खनालमाथि प्रश्नको वर्षा गराउँदै राजनीति छोड्न आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘समयको माग के छ,सम्मानमाथि सम्मान छ । साथै राजनितिमा अब विश्राम लिनुहोस् । जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई । समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनु होस् । राजनितिमा पद प्राप्ति मात्र हो भन्ने खाल्को भाष्य निर्माण हुदैछ यस्को गतिलो जवाफ अब तपाईँले दिनुहोस्’ ।

खनालले आफ्नो दस्ताबेजमा पार्टीलाई कामै नलाग्ने भएको र रावणको टाउको जस्तो भनेकोप्रति पराजुलीले आपत्तिसमेत जनाएका छन् उनी भन्छन् ‘नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी) कम्युनिष्ठ आन्दोलन र समाजवादको श्रीगणेश हो । पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने गर्नु भयो । अहिले लामो समय पछि फेरि आफु नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर आफुले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थाल्नु भयो यस्तो खाले दृष्टिभ्रम कहिले सम्म रहन्छ ?’ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पराजित भएपछि खनाल पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका छन् । भने उनीनिकट नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरेर नेकपा एमालेमा फर्किरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्