काठमाडौं, २१ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको आरोप लगाएका छन्।
आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटिलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन। हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ। अब पार्टी मूल नेतृत्वमा केन्द्रित भएका आरोपहरुको खण्डन गर्दै भ्रष्टाचारविरोधी सरकारले लिएको अभियानलाई साथ दिएर यो केन्द्रीय समिति अघि बढ्नेछ।’
यस्तै, उनले आफू पार्टी अध्यक्षमात्र नभइ देशको नेतृत्व पनि सम्हालिरहेको बताएका छन्।